प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ
नेपालखोज
२०७७ साउन २३ गते २१:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो।
उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटरमार्फत जानकारी दिएका हुन्। यसअघि बालुवाटारका कर्मचारीमा गरिएको स्वाब परीक्षणमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
सम्बन्धित
प्रतिक्रिया