केरल विमान दुर्घटनामा पाइलटसहित ३ जनाको मृत्यु, ३५ घाइते
नेपालखोज
२०७७ साउन २४ गते ८:१४
एजेन्सी । भारतको केरलमा विमान धावनमार्गबाट चिप्लिँदा एक पाइलटसहित कम्तीमा तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुबईबाट आएको एयर इन्डियाको विमान केरलस्थित कोझिकोड विमानस्थलमा अवतरणका क्रममा उछिट्टिएको थियो। विमानमा यात्रु र चालक दलका सदस्यसहित १ सय ९१ जना सवार थिए।
दुर्घटनास्थलबाट धेरैजसोको उद्दार भइसकेको जनाइएको छ। कम्तीमा ३५ जना घाइते भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ।
सम्बन्धित

प्रतिक्रिया