मंगलबार, जेठ १५, २०८१

कस्तो रहला आजको मौसम ?

नेपालखोज २०७७ साउन २४ गते ८:४१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ ।

विभागले आज प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ ।

त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको जनाएको छ । यसैगरी, दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राति देशका अधिकांश भू९भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया