ईः भोलि अनसन तोड्दै, सरकारसँग सम्झौताको तयारी
नेपालखोज
२०७७ साउन २४ गते २०:४१
काठमाडौं । ‘इनफ इज इनफ’ का अभियन्ता ईः भोलि आइतबार अनसन तोड्न राजी भएका छन्। २२ दिनदेखि अनसनरत उनी पछिल्लो समय हृयाम्स अस्पतालमा छन्।
स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर हुने र त्यसपछि ईः ले अनसन तोड्ने जनाइएको छ।
सरकारसँग यसअघि भएको १२ बुँदे सहमति कार्यान्वयनका लागि आइतबार औपचारिक सम्झौता हुने अभियन्तामध्येकी एक अग्रिमा केसीले बताइन्।
क्वारेन्टिनको रणनीति सुधार्नुपर्ने, विदेशबाट फर्कने चाहने नागरिकको उच्चतम प्राथमिकता र पूर्ण सम्मानका साथ घर फिर्ती हुनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने अभियन्ताको माग छ ।
सम्बन्धित

प्रतिक्रिया