सोमबार, वैशाख १५, २०८२

लकडाउनबारे समीक्षा गर्न आज सिसिएमसीको बैठक बस्दै

नेपालखोज २०७७ साउन २४ गते २१:४३

काठमाडौं । लकडाउनबारे समीक्षा गर्न आज कोभिडि(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्ने भएको छ।

कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटीको समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

यसअघि हिजो बैठक बस्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। सोही बैठकलाई आजका लागि सारिएको सिसिएमसीका सदस्यसचिव समेत रहेका गुरागाईंले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण बढेको सरकारले यसअघि नै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरिसकेको छ। हाल जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहले क्षेत्रगत रूपमा लकडाउन वा सिल गर्दै आएका छन्।

प्रतिक्रिया