बढी संक्रमित देखिएका जिल्लाबाट आवतजावत रोक्न सिफारिस
काठमाडौं । दुई सयभन्दा बढी कोरोना देखिएका जिल्लाबाट अर्को जिल्लामा आवतजावत रोक्न सिफारिस गरिएकोछ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले २०० भन्दा बढी संक्रमित (केस) देखिएका जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न पूर्णतः रोक लगाउन सिफारिस गरेको हा ।
केन्द्रको आज सिंहदरबारमा बसेको बैठकले काठमाडौं उपत्यकाका तीनवटा जिल्लाभित्र आवतजावत गर्ने बाहेक कोभिड–१९ को सङ्क्रणको सक्रिय केस दुईसय भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा आवतजावत पूर्णतः बन्द गर्न सिफारिस गरेको हो ।
त्यस्तै फुटपाथ, खुलाठाउँ र ठेलागाडा, साइकलमा फलफूल तरकारीलगायत उपभोग्य बस्तु बिक्री वितरण गर्ने कार्य पनि पूर्णरूपमा रोक्न सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव पेस हुने छ । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा रेस्टुराँ, होटल आदि व्यवसाय सञ्चालन भइसकेका छन् । यसलाई तत्काल रोकी टेक अवे (रेस्टुरेन्टमा प्याकिङ गरेर अन्यत्र लगेर उपभोग गर्ने) बाहेकका सम्पूर्ण सेवामा रोक लगाउन पनि केन्द्रले सिफारिस गरेको छ ।
यसबाट सङ्क्रमणको जोखिम बढेको केन्द्रको ठहर छ । भारतबाट स्थलमार्ग भएर नेपाल भित्रने नागरिकका लागि हाल २० वटा नाका तय गरिएकोमा त्यसलाई घटाएर १० मा झार्न पनि केन्द्रले सिफारिस गरेको छ ।
प्रतिक्रिया