मंगलबार, वैशाख १८, २०८१

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागका सबै सेवा स्थगित

नेपालखोज २०७७ साउन २६ गते १३:०६

काठमाडौं । अध्यागमन विभागकाे एक कर्मचारीमा कोरोना पुष्टि भएसँगै विभागले नियमित सेवा स्थगित गरिएको छ । विभागले साेमबार प्रेस विज्ञप्ती जारी गर्दै काेराेना संक्रमणकाे अवस्था हेरेर अर्काे सूचना प्रकाशन नगर्दासम्मका लागि नियमित काम बन्द गरेकाे जानकारी दिएकाे छ ।

गत शुक्रबार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकाेमा एक जनामा भने पोजेटिभ देखिएपछि साे निर्णय गरेकाे हाे ।

कार्यालयका कर्मचारीमा पोजेटिभ देखिएपछि अति नै जरूरी काम परेरमा विभागका तीन जना अधिकृतसँग सम्पर्क गर्ने सकिने व्यवहाेरा साे विज्ञप्तीमा उल्लेख गरेकाे छ ।

विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने हुनेछ ।

 

 

प्रतिक्रिया