बुधबार, चैत ५, २०८१

विश्वमा कोरोना संक्रमितकाे संख्या दुई करोड नाघ्यो

नेपालखोज २०७७ साउन २६ गते १३:४३

काठमाडाैं ।  विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । नेपाली समयनुसार साेमबार दिउँसाे साढे १ बजे विश्वभर २ करोड ३१ हजार २ सय व्यक्तिमा कोरोना भाइरस संक्रमण भएकाे वल्डाेमिटरले जनाएकाे छ ।

Advertisement

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ७ लाख ३४ हजार ९८ जनाको मृत्यु भइसकेकाे छ । वल्डाेमिटरकाे तथ्यांकनुसार सोमबार दिउँसाे १ बजेसम्म विश्वभरीमा १ करोड २९ लाख  ४ हजार जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६४ लाख ९३ हजार ४ सयबढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ४ सय  जनाको अवस्था गम्भीर रहेको छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

हाल संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४ सय ४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

युरोपमा ३० लाख ३६ हजार ७५२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार १ सय ४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ९ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३ सय २४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३ सय ४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया