भारतका पूर्वराष्ट्रपति मुखर्जीमा कोरोना संक्रमण
नेपालखोज
२०७७ साउन २६ गते १४:१६
काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसो ट्वीटमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।
अन्य समस्याका कारण अस्पताल गएका र सोही बेला कोरोना पनि परीक्षण गर्दा कोभिड १९ पोजेटिभ रिपोर्ट आएको जनाएका छन् । त्यस्तै उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।
पछिल्ला दिनहरुमा छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको छ । बितेका २४ घण्टामा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका भने १ हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या २२ लाख १७ हजार ६ सय ४५ पुगेकाे छ भने काेराेना संक्रमणबाट ४४ हजार ५ सयकाे मृत्यु भइसकेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया