मंगलबार, वैशाख १८, २०८१

कोरोना संक्रमण बढेसँगै ललितपुर जिल्ला अदालतले गर्याे सेवा कटौती

नेपालखोज २०७७ साउन २६ गते १८:०६

काठमाडौं । ललितपुर जिल्ला अदालतले सेवा कटौती गरेको छ । कोरोना संक्रमण बढेपछि अदालतले सोमबार सूचना जारी गर्दै सेवा कटौती गरेको जानकारी दिएको हो ।

अदालतमा भिडभाड कम गर्नुपर्ने भन्दै अदालतबाट प्रवाह हुँदै,आएको सेवा कटौती गरेर दैनिक ५ वटा मात्र फिरादपत्र दर्ता हुने जानकारी दिएको छ ।

जसमा जरूरी पक्राउ पुर्जी अनुमति, कल डिटेलको अनुमति प्रदान, अभियोगपत्र दर्ता, थुनछेक र बयान, मिलापत्र र मुद्दा फिर्ता, बालसुधार गृहका बालबालिका जिम्मा लिनेसम्बन्धीको निवेदनमा भने सुनुवाई हुनेछ । अत्यावश्यक २० प्रकारका विषयमा बाहेक अदालतबमट हुँदै आएको सेवा प्रवाह नहुने अदालतले उक्त सूचनामार्फत जानकारी दिएको छ ।

देशैभरका जिल्ला अदालत र उच्च अदालतले पनि कोरोना संक्रमण बढेसँगै सेवा कटौती गर्न थालेका छन् । यसअघि सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालले पनि सेवा कटौती गरिसकेका छन् ।

 

प्रतिक्रिया