भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय
काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्मलाई अत्याअवश्यक बाहेकका सवै सेवा भदौ १५ सम्म बन्द हुने भएको छ । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा उपत्यकाबासीलाइ उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । फोरमले मंगलबार सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे सुझाव दिएको थियो ।
कोरोनाको संक्रमण फैलनसक्ने खतरालाई ध्यानमा राखी भेला, अनसन तथा जुलुसलगायतका गतिविधि गर्न निषेध गरिनुपर्ने तथा भीड हुने पर्वहरु सञ्चालनमा पनि रोक लगाउनसमेत बैठकले अनुरोध गरेको छ ।
काठमाडौंका मेयर तथा फोरमका अध्यक्ष एवं विद्यासुन्दर शाक्यले काठमाडौं प्रवेशमा रोक नलगाइँदा स्थिति भयावह बन्ने अवस्था सिर्जना भएको तथा नाकामा कडाई गर्नुपर्ने बताए ।
प्रतिक्रिया