मंगलबार, चैत ४, २०८१

डोटीमा घर भत्कियो- एकै परिवारका ४ जनाको मृत्यु, ५ जना घाइते

नेपालखोज २०७७ साउन २७ गते ७:४३

डोटी । डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

Advertisement

सोमबारराति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककानीका नुगे लोहारको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । लोहारसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् ।

उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ । लगातार वर्षाले ढुंगा र माटोको गारो भएको घ
र भिजेकाले घर भत्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया