मंगलबार, चैत ११, २०८१

आइपिएल युएईमा गर्न भारतीय सरकारको अनुमति

नेपालखोज २०७७ साउन २७ गते ७:५४

एजेन्सी । सिजन २०२० को आइपिएल युएईमा गर्न भारतीय सरकारको अनुमति दिएको छ । २०२० इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि युएई गर्न भारतीय सरकारले अनुमति दिएको हो।

Advertisement

आइपिएलको गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलले भारतीय सरकारले अनुमति दिएको पुष्टि गरेका हुन्। सेप्टेम्बर १९ बाट सुरु हुने आइपिएलको फाइनल नोभेम्बर १० मा हुनेछ। यो वर्षको आइपिएल गत सिजनको भन्दा ३ दिन बढी ५३ दिन चल्नेछ भने ६० खेल हुनेछन्।

आइपिएलका दिउँसका खेल पौने चार बजे र साँझको खेल पौने आठ बजे सुरु हुनेछ। एक टिममा २४ खेलाडीसम्म राख्न पाइनेछ। आइपिएलका लागि सबै टिमले खेलाडीलाई क्वारेन्टिनमा राख्ने प्रक्रिया सुरु गरिसकेका छन्। वर्षको टी-२० विश्वकप स्थगित भएसँगै आइपिएल आयोजना गर्न सहज भएको थियो।

भारतीय क्रिकेट कान्ट्रोल बोर्डले आइपिएल युएईमा आयोजना गर्न सरकारसँग अनुमति मागेको थियो। आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सहरमा हुनेछन्।

प्रतिक्रिया