गोंगबु घटना: नांगो तस्बिर फेसबुकमा सार्वजनिक गर्न थालेपछि हत्या गरेकाे खुलासा
काठमाडौं । गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्या कल्पना मुडभरी पौडेललाई गरेको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ ।
हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा सार्वजनिक गर्न थालेपछि हत्या गरेको कल्पनाले वयानमा खुलाएकाे अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।
हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । हत्या गरेपछि आइतबार नै ति महिलालाई चितवन गएको र सोमबार प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।
प्रतिक्रिया