सरकारले गर्याे यस्ताे निर्णय, अब होटल रेष्टुराँमा बसेर खान नपाइने
नेपालखोज
२०७७ साउन २७ गते १७:५१
काठमाडौं । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने व्यवस्था पुनः सुरु गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पछिल्ला दिनमा कोरोना संक्रमण बढेकाले नियन्त्रणको लागि यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने जनाए ।
सरकारले लागु गरेको नियम पालना नगर्नेलाई कारबाही समेत गर्ने डा. खतिवडाले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया