आइतबार, चैत ९, २०८१

घरै बसेर काम गर्न सरकारको निर्देशन

नेपालखोज २०७७ साउन २७ गते १८:३०

काठमाडौं । साउन २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गएका कारण घरबाटै सम्पादन गर्न सकिने कार्यहरु घरबाटै गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैर सरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सुझाएको छ ।

त्यस्तै, कार्यसम्पादन एवम् सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्ने व्यवस्था मिलाउन समेत सम्वन्धित कार्यालय प्रमुखलाई सरकारले निर्देशन दिएको छ ।

अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय सरकारले गरेको प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया