आधारभूत रुपमा बलियो बन्दै एशियन लाईफ इन्स्योरेन्स
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७६र७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कम्पनीको व्यापारलाई मापन गर्ने सूचक खुद बीमा शुल्क आर्जन रकममा ८ प्रतिशतको वृद्धि देखिएको छ ।
कम्पनीले आर्थिक वर्ष ७६र७७को चौथो त्रैमासमा ४ अर्ब ५४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने आर्थिक वर्ष ७५र७६को चौथो त्रैमासमा ४ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गर्न कम्पनी सफल भएको थियो । समिक्षा अवधिमा कम्पनीको नाफामा उल्लेखनीय सुधार आएको देखिन्छ । खुद नाफा ७८ प्रतिशतले वृद्धि हुँदै १८ करोड १८ लाख पुगेको छ।
२ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा समिक्षा अवधिमा ५० प्रतिशतको वृद्धि देखिएको छ ।
त्यस्तै जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको महत्त्व निकै धेरै हुने भएकोमा एशियन लाईफको जीवन बीमा कोष २७ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ६१ करोड पुगेको छ। आर्थिक वर्ष ७६र७७मा कम्पनीले ५२ करोड ५ लाख खुद दावी भुक्तानी गरेको र २ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रहेको छ ।
कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ९ रुपैयाँ ४ पैसा छ । प्रति शेयर आम्दानीमा पनि निकै राम्रो सुधार देखिएको छ । कम्पनीको किताबी मूल्य ८ प्रतिशतले वृद्धि हुँदै १३० रुपैयाँ २५ पैसा रहेको छ।
प्रतिक्रिया