सोमबार, जेठ ७, २०८१

घरभित्र मोबाइलमा नेटवर्क नटिप्दा हैरान हुनुहुन्छ ? यस्ताे गर्नुहोस्

नेपालखोज २०७७ साउन २८ गते १०:५२

काठमाडौं । फोनमा कुरा गर्दागर्दै मोबाइलमा नेटवर्ककाे सिग्नल नभएर  हैरान हुन्छौं । कुनै पनि बेला एकदमै महत्वपूर्ण कुरा गरिरह्दाँ यस्तो समस्या आइलाग्यो भने झन् धेरै तनाव सिर्जना हुने गर्छ ।

तपाईंले पनि यस किसिमको समस्याको सामना गर्नुपरेको हुनसक्छ । जब तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, अफिसका सिनियरहरूसँग कुनै प्रोजेक्टको बारेमा कुरा गर्नुहुन्छ वा तपाईंको घरपरिवारको हालखबर बुझ्न खोज्नुहुन्छ, यस्तै कुनै बेला अवश्य तपाईंलाई मोबाइल नेटवर्कले तनाव दिएको हाेला ।

यस किसिमको समस्यालाई समाधान गर्नका लागि हामी केही यस्ता सामान्य टिप्स दिँदै छौं, जसलाई अपनाएर तपाईं आफ्नो घरभित्रै हुँदा कलको गुणस्तर सुधार गर्न केही हदसम्म भए पनि मद्दत गर्नेछ ।

यसरी जाँच गर्नुहोस्, मोबाइल सिग्नलको गुणस्तर
मोबाइलको सेटिङमा अबाउट हुँदै नेटवर्कमा जानुहोस् । त्यसमा तपाईंले फोनको डीबीएम भ्यालु देख्न सक्नुहुनेछ । यसको आधारमा तपाईंले आफू रहेको स्थानमा फोनको नेटवर्क क्वालिटी कस्तो छ भनेर थाहा पाउन सक्नुहुनेछ ।

यदि तपाईंको मोबाइल नेटवर्कको डीबीएम भ्यालु ५० देखि ७९ छ भने त्यो एकदमै राम्रो गुणस्तरको नेटवर्क हो । यस्तो गुणस्तर भएको स्थानमा नेटवर्कको टावर चार वटा देखिनेछ ।

यसैगरी डीबीएम भ्यालु ८० देखि ८९ छ भने राम्रो, ९० देखि ९९ छ भने औषत, १०० देखि १०९ छ भने कमजोर र ११० देखि १२० छ भने धेरै कमजोर मानिन्छ । मोबाइल नेटवर्क धेरै कमजोर हुँदा तपाईंको मोबाइलमा टावर नै देखिने छैन, देखिए पनि एउटा मात्र दखिनेछ ।

प्रतिक्रिया