मंगलबार, वैशाख १८, २०८१

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण

नेपालखोज २०७७ साउन २८ गते १२:३८

काठमाडौं । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि शनिबार धरानमा स्वाब दिएकी थिइन् । इटहरीमा बसोबास गर्दै आएकी उनकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश १ मा एक हजार पाँच सय ६३ कोरोना संक्रमित छन् ।

प्रतिक्रिया