सोमबार, चैत ३, २०८१

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

नेपालखोज २०७७ साउन २८ गते १७:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ ।

Advertisement

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा यता मृत्यु हुनेमा काठमाडौंका १ जना, धादिङका १ जना, धनुषाका २ जना, सप्तरीका १ जना, मोरङका १ जना, कपिलवस्तुका १ जनार बाराका १ जना गरी जम्मा ८ जनाको रहेकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया