कोरोनाबाट बच्न यी जडीबुटी प्रयोग गरौँ
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण भएका, एण्टीमाइक्रोबायल तथा एण्टीभाइरल गुण भएका जडीबुटी खान सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुवर्देदिक तथा बैकल्पिक चिकित्सा विभागले गुर्जो, असुरो, बेसार, सुठो, मरिच, पिप्ला, तुलसीको पात, तेजपात र दालचिनीलगायतका जडिबुटी प्रयोग गर्न आग्रह गरेको हो । विभागले गुर्जो ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै पिउन, असुराको पात र बेसार १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गर्न भनेको छ ।
त्यस्तै सुठो, मरिच, पिप्ला २ ग्राम, तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गर्ने, तेजपात २ ग्राम र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर चियाजस्तै प्रयोग गर्न विभागले भनेको छ । त्यस्तै नियमित रुपमा योगा र ब्यायाम गर्न पनि विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया