सोमबार, जेठ ७, २०८१

२०२० फरच्यून ग्लोबल ५०० र्यांकिङमा हुवावे ४९ औं स्थानमा

नेपालखोज २०७७ साउन २९ गते १४:२४

बैंकक । हुवावेले २०२० को फरच्यून ग्लोबल ५०० सूचीमा ४९औं स्थान हासिल गरेको छ । इतिहासमा पहिलो पटक टेलिकम्युनिकेसन जायन्टले शीर्ष ५० भित्र स्थान प्राप्त गरेर लगातार ट्रयाक रेकर्ड जारी राखेको छ ।

फरच्यून रिपोर्टका अनुसार २०१९ मा हुवावेको कुल नाफा ५.६ प्रतिशतले बढेको र कम्पनीको लगातार भू–राजनीतिक समस्याको बाबजुद पनि २०२० को पहिलो ६ महिनामा राजस्व १३.१ प्रतिशतको को दरले बढेको छ ।

फरच्यून ५०० सूची कम्पनीहरूको राजस्व र नाफामा आधारित छ । जुन कम्पनीहरूको तुलनात्मक आकारमा केन्द्रित रहेर बन्दछ । फरच्यून ५०० र्यांकिङ प्रख्यात कम्पनीहरूले प्रयोग गर्ने एक महत्वपूर्ण सूचक बन्न पुगेको छ । जुन उनीहरुले आफ्नै बल, आकार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मापन गर्न प्रयोग गर्दछन् । यो यस्तो विश्वव्यापी अर्थतन्त्रको एक मापदण्ड हो जसले सीमा, राष्ट्रियता र सांस्कृतिक मतभेदहरू पार गर्दछ ।

यस वर्षको सुरूवातमा हुवावेले २०२० को बोस्टन कन्सल्टिङ्ग ग्रुपको ५० सबैभन्दा इनोभेटिभ कम्पनीहरूको सूचीमा छैटौं स्थान ओगटी गत वर्षको तुलनामा ४२ स्थान माथि सरेको होे जुन २०१२ मा पहिलोपटक सूचीमा परेदेखि टेक जायन्टका लागि सबैभन्दा उच्च श्रेणीको हो ।
कोभिड–१९ विरूद्ध विश्वव्यापी लडाईमा हुवावेले आफ्नो इनोभेसन प्रयास दोब्बर गर्यो र महामारीको बिरूद्ध लड्न सहयोग गर्न एन्टि–कोभिड–१९ पार्टनर कार्यक्रम शुरू ग¥यो जुन एआई, रिमोट अफिस, स्मार्ट हेल्थकेयर र अनलाइन शिक्षामा केन्द्रित छ ।

‘जटिल बाह्य वातावरणले ग्लोबल भ्यालु चेनमा खुला सहयोग र विश्वासलाई बढी महत्वपूर्ण बनाउँदछ । हुवावेले ग्राहक र आपूर्तिकर्ताहरुप्रति आफ्नो दायित्वलाई निरन्तरता दिने र विश्वव्यापी डिजिटल अर्थव्यवस्था र प्राविधिक विकासमा रहिरहने, अगाडि बढ्ने र योगदान पुर्याउने बाचा गरेको छ ।’ जुलाईमा २०२० एच१ व्यापार परिणाम घोषणाको दौरान हुवावेले भन्यो ।

प्रतिक्रिया