सोमबार, जेठ ७, २०८१

सूचना विभागले गर्याे प्रेस पास जारी तथा नवीकरणकाे काम स्थगित

नेपालखोज २०७७ साउन २९ गते १५:००

काठमाडौं । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरणको बिहीबारदेखि स्थगित गरेको छ।

गत साउन २६ गते बसेकाे मन्त्रिपरिषदको निर्णय अनुसार विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउन प्रयासरत रहेको र विद्यमान कानूनी व्यवस्थामा पास बनाउन तथा नवीकरण गर्न कार्यालयमै आउनुपर्ने भएकाले कोरोना संक्रमणको जोखिमका कारण तत्कालका लागि सेवा वन्द गरेकाे विभागले जानकारी दिएकाे छ ।

बुधबार विज्ञप्ति जारी गर्दै, ‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्न सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ ।’ उल्लेख छ ।

विभागका प्रवक्ता ईश्वरराज दाहालले पास बनाउने र नवीकरण अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

प्रतिक्रिया