पछिल्लो २४ घण्टा यता थप ५ सय २५ जनामा काेराेना पुष्टि
नेपालखोज
२०७७ साउन २९ गते १६:३०
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र ९ हजार ५ सय ५९ जनामा गरिएको परीक्षणमा ५ सय २५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया