कैलालीमा भारी वर्षा : चेतावनीको सूचना जारी
नेपालखोज
२०७७ साउन ३० गते १०:१९
कैलाली । कैलालीको धनगढीमा अति भारी वर्षा भएको छ। धनगढीस्थित वर्षा मापन केन्द्रले त्यहाँ पछिल्लो ६ घण्टामा ११० मिलिमिटर वर्षा रेकर्ड गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
२४ घण्टाभित्र ५० मिलिमिटर भन्दा बढी बर्षा हुनुलाई भारी र १ सय मिलिमिटर भन्दा बढी बर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। त्यहाँ पछिल्लो तीन घण्टामा मात्र १५.४ मिलिमिटर वर्षा भएको छ।
वर्षा जारी रहेकाले चेतावनीको सूचना जारी गरिएको छ। विभागका अनुसार, कञ्चनपुरमासमेत अहिले वर्षा भइरहेको छ। आज कर्णाली, वागमती, गण्डकी र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया