मंगलबार, चैत ४, २०८१

कोरोना सङ्क्रमण देखिएपछि धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी एकान्तबासमा

नेपालखोज २०७७ साउन ३० गते १३:४९

काभ्रे । धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास बस्नुपरेको अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले बिहीबार विज्ञप्ति जारी गर्दै देशभित्र केही दिनयता कोभिड–१९ को पोजेटिभ सङ्ख्यामा वृद्धि भएसँगै अस्पतालमा उपचाररत बिरामीमध्ये एक जना अस्पतालकै स्वास्थ्यकर्मीसहित सोमबारदेखि बिहीबारसम्ममा पाँच जनामा पोजेटिभ देखिएपछि अस्पतालको ओपिडी, आकस्मिक कक्ष र वार्डमा सहित सङ्क्रमण फैलिएको आशङ्का भएकाले केही समय अस्पतालको सेवा बन्द गरी कीटाणुरहित गर्न आवश्यक देखिएकाले सङ्क्रमणमुक्त नभइञ्जेलसम्म अस्पतालको आकास्मिक सेवा मात्र सञ्चालन गरिने जनाएको हो ।

हाल एकान्तबासमा रहेका व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षण भइरहेकाले सोको जानकारीसहित अस्पताल सेवा सञ्चालनसम्बन्धी जानकारी आगामी आइतबार दिइने अस्पतालले जनाएको छ । अहिले अस्पतालभित्र कोभिड–१९ लेभल ३ प्रि कोभिड वार्डमा छ जना र कोभिड पोजेटिभ वार्डमा २१ जना गरी २७ जना उपचाररत छन् ।

प्रतिक्रिया