मंगलबार, चैत ११, २०८१

जुगल पहिरो अपडेट: ११ जनाको शव फेला, अझै २७ वेपत्ता

नेपालखोज २०७७ साउन ३१ गते ७:३९

 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा हिजो खसेको पहिरामा परेर हराएका मध्ये ११ जनाको शव भेटिएको छ । पहिरोमा ११ जनाको शव भेटिएको र पहिरोमा हराइरहेका अन्य २७ जनाको खोजी भइरहेको छ ।

Advertisement

पहिरोले ३७ वटा घरमा क्षति पु¥याएको छ । तीमध्ये १३ वटा घर पूरै भत्किएका छन् । पहिरोमा परेर घाइते भएका पाँच जनाको उद्धार गरी उपचारको लागि चौतारा र काठमाण्डौ ल्याएको सभामुख अग्निप्रसाद सापकोटाले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पहिरो प्रभावितलाई हेलिकोप्टर मार्फत राहत सामग्री पठाउने काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया