शनिबार, असार २१, २०८२

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ साउन ३१ गते ८:००

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा पनि भइसकेको छ ।

विभागले दिएको जानकारीअनुसार आज बिहानैदेखि देशभर बदली रही केही स्थानमा सामान्य र गण्डकी, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, आजराति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा हुनसक्ने विभागले बताएको छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टा भित्र भारी वर्षाको सम्भावना भएका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो जानसक्ने भएकाले सबैलाई शतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ ।

प्रतिक्रिया