शुक्रबार, चैत ७, २०८१

बागलुङको निसीखोलामा पहिरो गयो : २ जनाको मृत्यु, तीन जनाको सकुशल उद्धार

नेपालखोज २०७७ साउन ३१ गते ८:३३

बागलुङ । बागलुङमा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ । गएराति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो ।

Advertisement

पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । सोही पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छन् ।

अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया