आज सामान्यदेखि भारी वर्षाको सम्भावना
नेपालखोज
२०७७ साउन ३२ गते ७:५९
काठमाडौं ।
मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय जस्तो भएपनि जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले दिउँसोपछि देशभर नै सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया