बारा र पर्सामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ साउन ३२ गते ८:३०
पर्सा । नेपालमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्लामा थप ४७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
शनिबार भएको परीक्षण र आइतबार विहान आएको रिपोर्टअनुसार पर्सा र बारामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १० जना महिला रहेका छन् ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यसमा वीरगन्जका मात्र २० जना रहेका छन् ।
त्यस्तै, बाराका ३ जना, नारायणी अस्पतालका ४ जना र पोखरियाका १२ जना रहेका छन् । त्यस्तै, पर्सागढीका २ जना र अन्य ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित
प्रतिक्रिया