बिहीबार, चैत ६, २०८१

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ साउन ३२ गते ९:५३

इलाम । जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

Advertisement

फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत इलामबाट विसं २०७० फागुन ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकिएको थियो । पक्राउ परेका मगरलाई जिल्ला अदालतमार्फत कारागार पठाइने बताइएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट कैद भुक्तानी तोकिए पनि फरार रहेकाहरुलाई नियन्त्रणमा लिइरहेको छ ।

प्रतिक्रिया