शुक्रबार, जेठ ११, २०८१

धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

नेपालखोज २०७७ साउन ३२ गते १०:५१

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको मृत्यु भएको छ। विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएर शनिबार प्रतिष्ठानमा भर्ना भएकी ति महिलाको आज विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विराटनगर तिनपानीकी उनी फोक्सो र थाइराइडसम्बन्धि रोगसंग लड्दै आएकी थिइन् । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रतिक्रिया