अलिबाबासहित चीनका अन्य कम्पनीमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार अलिबाबासहित चीनका अन्य कम्पनीमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । चिनियाँ कम्पनी टिकटकमाथि ट्रम्पले पहिले नै प्रतिबन्ध लगाइसकेका छन् ।
शनिवार एक पत्रकार सम्मेलनमा जब ट्रम्पलाई अलिबाबासहित चीनका अन्य केही कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बारे विचार गरिरहेकाे हाे भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘हो, हामीले अन्य कुरालाई पनि हेरिरहेका छौं’ भन्ने उत्तर दिएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको स्वामित्व रहेको कम्पनीमाथि दबाब बनाइरहेका छन् । टिकटकमाथि उनले पहिले नै प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकाले शुक्रबार चीनको कम्पनी बाइटडान्सलाई आदेश जारी गर्दै ९० दिनभित्र टिकटकको काम कारवाही बन्द गर्न आदेश जारी गरेको छ । अमेरिकाले व्यक्तिगत डाटा सुरक्षाको विषयमा यस्तो दबाब दिँदै आएका छन् ।
ट्रम्प चीनको विषयमा पछिल्लो केही समयदेखि लगातार आलोचनात्मक रहेका छन् । यद्यपि, कतिपय अवस्थामा उनले चीनको तारिफ पनि गरेका छन् । सोयाबिन र मकैजस्ता कृषि उतपदनको खरिदको प्रशंसा गर्दै गत वर्ष दुई देशबीच व्यापारिक सम्झौता पनि भएको थियो (बीबीसी)
प्रतिक्रिया