पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना पुष्टि, २ जनाकाे निधन
नेपालखोज
२०७७ साउन ३२ गते १६:३४
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र १२ हजार २ सय ४७ जनामा गरिएको काेराेना परीक्षणमा ६ सय ४१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन । याेसँगै कोरोनामुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लाे २४ घण्टा यता २ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट निधन भएकाे छ । नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया