मंगलबार, जेठ ८, २०८१

आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा देखियो कोरोना

नेपालखोज २०७७ साउन ३२ गते १६:४०

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । जसमा काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् ।

याेसँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय ६८ र भक्तपुरमा १ सय ३२ संक्रमित पुष्टि भएका छन् ।

पछिल्लाे २४ घण्टा यता देशभर ६ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ३४ जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।

 

प्रतिक्रिया