मंगलबार, जेठ ८, २०८१

रामेछाप नगरपालिका क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

नेपालखोज २०७७ साउन ३२ गते २०:४८

रामेछाप नगरपालिका क्षेत्रमा सिसी क्यामेरा जडान हुने भएको छ । नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले नगरपलिकालाई थप सुरक्षित बनाउन सिसि क्यामेरा जडानको कामलाई अगाडि बढाउने बताइन । उनले नगरपालिकाको बैठकमा सिसी क्यामेरा जडानको विषयमा छलफल गरेर निर्णय गरिने बताइन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका मुख्य बजार क्षेत्र र सिमा नाकामा सिसी क्यामेरा जडान गर्ने अवधारणा अगाडि सारेपछी खड्काले रामेछाप नगरपालिकामा पर्ने रामेछाप बजार र साँघुटार बजारक्षेत्रमा सिसी क्यामेरा जडान गर्ने जानकारी दिइन् ।

खड्काले सिसि क्यामेरा जडान गर्ने विषयमा नगरपालिकाले सोच्दै आएकाले छिट्टै निर्णय गरेर तत्काल क्यामेरा जडानको काम अगाडि बढाउने बताइन् । नगरपालिकाभित्र अपराधिक क्रियाकलाप हुन नदिन सिसि क्यामेराले सहयोगीको भूमिका खेल्ने पनि बताइन् ।

प्रतिक्रिया