शनिबार, वैशाख १३, २०८२

साताको दोस्रो दिन सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार

नेपालखोज २०७७ भदौ १ गते ११:१५

काठमाडौं । साताको दोस्रो दिन सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन केही मात्रामा घटेर सो मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमबार ९७ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
पछिल्लो दिनमा सुन मूल्य बढेसँगै व्यापार शुन्य भएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

साताको पहिलो दिन प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १० रुपैयाँ घटेर ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया