आइतबार, चैत ९, २०८१

दुई सय किलो मटर बरामद

नेपालखोज २०७७ भदौ १ गते ११:४८

काठमाडौं । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएका अवस्थामा महोत्तरी प्रहरीले साेमबार २ सय किलो मटर बरामद गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका –३ स्थित भारतीय सीमा नजिकै प्रहरीले सात बोरामा राखिएको मटर बरामद गरेको हो ।

नेपालबाट भारततर्फ टाउकामा बोकेर लैजाँदै गरिएको मटर भरियाले सीमा गस्तीका लागि पुगेको प्रहरी टोलीलाई देख्नासाथ फालेर भागेका थिए ।

भरियाले फालेर गएका ती मटरका बोरा प्रहरीले ल्याएर जिल्लाको मुख्य भन्सार जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।  रासस

प्रतिक्रिया