एनआईसी एशिया र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुई संस्था गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको हो ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १ सय २० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको नेपालभरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २ सय ५ शाखा हुनेछ ।
मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।
प्रतिक्रिया