मंगलबार, चैत ४, २०८१

प्रभुु क्यापिटलद्वारा ३ वर्षे निःशुल्क डिम्याट योजनाको म्याद थप

नेपालखोज २०७७ भदौ २ गते १२:४८

काठमाडौं । प्रभुु क्यापिटल लिमिटेडले ३ वर्षे निःशुल्क डिम्याट योजना २०७७ साल भाद्र मसान्तसम्म थप गरेको छ । संस्थाको “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुका लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेको थियो । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै प्रभु क्यापिटलले उक्त निःशुल्क योजना २०७७ साल भाद्र मसान्तसम्म थप गरेको छ ।

Advertisement

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले  https://dematapply.prabhucapital.com  बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । साथैं, यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालनमा रहेको संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया