शुक्रबार, चैत ७, २०८१

एकै दिन थप १ हजार १६ जनामा काेराेना पुष्टि, ७ जनाकाे निधन

नेपालखोज २०७७ भदौ २ गते १६:३२

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र  १३ हजार ४ सय ६१ जनामा गरिएको कोरोना परीक्षणमा १ हजार १६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको प्रवक्ता डा.गौतमले बताएका छन् ।

थप ७ जनाकाे निधन, मृत्यु हुनेकाे संख्या १ सय १४ 

त्यस्तै पछिल्लो २४ घण्टा यता थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म १ सय १४ जना कोरोना संक्रमितको निधन भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

 

प्रतिक्रिया