शुक्रबार, चैत ७, २०८१

नेपालको झण्डा जलाउँदै गरेको भिडियो युट्यूवबाट हटाउन निर्देशन, भिडियो बनाउने एक पक्राउ

नेपालखोज २०७७ भदौ २ गते १७:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले युट्यूवबाट जातीय द्वन्द्व भड्काउने गीत हटाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने गीत हिजो सोमबार सार्वजनिक भएको थियो ।

Advertisement

मंगोल हव अफिसियलबाट युट्यूव च्यानलमा सो गीत सार्वजनिक गरिएको थियो । भदौ १ गते अपलोड गरिएको भिडियो हालसम्म ३ लाखभन्दा बढीले हेरिसकेका छन् ।

उक्त गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाइएको छ । जातीय द्वन्द्वलाई प्रशय दिने खालको यो गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग गरिएको छ ।

आपत्तिजनक शब्द र भिडियो फुटेज रहेको सो गीतमा नेपालको झण्डामा आगो लगाइएको छ भने ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । भिडियोमा नेपालको झण्डा, केपी ओली, पृथ्वी नारायण शाह, प्रचण्ड, ज्ञानेन्द्र शाह, विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताको तस्विर पनि जलाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणलाई बाहुन क्षेत्रीका विषयमा समावेश भएको भिडियो नेपालको संविधानको धारा २६ को प्रतिकुल देखिएकाले युट्यूवबाट हटाउन निर्देशन दिएको छ ।

भिडियो बनाउने समूहका एक पक्राउ
उक्त भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भिडियो बनाउने समूहका क्यामेराम्यान इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनी ललितपुरको नखिपोट निवासी हुन् भने उक्त समूहका अन्य चारजना फरार छन् ।

प्रतिक्रिया