मंगलबार, जेठ ८, २०८१

१ हजार ४२ प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ ३ गते १२:५४

काठमाडौं । देशभर नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । हालसम्म दुवै संगठनका १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका ७ सय २१ र सशस्त्र प्रहरीका ३ सय २१ जना गरी १ हजार ४२ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २ सय ६८ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय ३८ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४ सय ५३ जना सक्रिय संक्रमित छन ।

प्रहरी प्रधान कार्यालयकै १ सय ६८, काठमाडौं उपत्यकाका ३९, प्रदेश १ का २६, प्रदेश २ का ८३, वाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५४, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ६ जना सक्रिय संक्रमित छन् ।

सशस्त्र प्रहरीतर्फ प्रदेश १ का १ सय ५, प्रदेश २ का ५३, वाग्मती प्रदेशका ७३, गण्डकी १, प्रदेश ५ का ४२ र कर्णाली प्रदेशका २९ र यूएन मिसनमा रहेका १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

प्रतिक्रिया