शनिबार, असार २१, २०८२

सिन्धुपाल्चोक पहिरो अपडेट: २५ जनाको शव भेटियो, १४ जना अझै वेपत्ता

नेपालखोज २०७७ भदौ ३ गते १५:५८

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिरामा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया