मंगलबार, जेठ ८, २०८१

पछिल्लो २४ घण्टामा ६ जनाको निधन, मृत्यु हुनेको संख्या १ सय २० पुग्यो 

नेपालखोज २०७७ भदौ ३ गते १६:५२

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौं र बार्दियाको एक एक जना पुरुष रहेका छन् भने मोर सुनसरी, भक्तपुर, चितवन जिल्लाका एक एक जना महिला रहेको डा. गौतमले बताएका छन् । त्यस्तै बुधबार देशभर थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रतिक्रिया