मंगलबार, जेठ ८, २०८१

उपत्यकामा आज रातिदेखि निषेधाज्ञा !

नेपालखोज २०७७ भदौ ३ गते २०:२८

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएपछि काठमाडौं उपत्यकामा आज मध्यराति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले पनि सम्पूर्ण नागरिकलाई आजदेखि जारी निषेधाज्ञाको पूर्णरुपमा पलना गरेर महानगरलाई सहयोग गर्न अपिल गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले अहिलेसम्म गरेको प्रयासको समिक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने पहल र प्रयासका लागि आम महानगरवासी र सञ्चार माध्यमसँग आग्रह गर्दछु, महानगरद्वारा जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै यो समयमा अत्यावस्यक बाहेकका अन्य सबै प्रकारका उद्योग व्यवसाय संचालन गर्न र अत्यावश्यकिय वस्तु वा सेवा खरिद बाहेक अन्य ब्यक्ति घरबाट बाहिर निस्कनसमेत पूर्णरुपमा रोक लगाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेले बताइन् । सरकारले गत साउन ६ गतेदेखि लकडाउन अन्त्य भएको घोषण गरेसँगै सार्वजनिक यातायातहरु निर्वाधरुपमा चल्दै आएका छन् । सार्वजनिक यातायातका साधनले कोरोनाको जोखिम झनै बढाएको भन्दै बन्द गर्नको लागि चौतर्फी दवाब पनि बढेको थियो । तर अब भदौ १० गते मध्य राति १२ बजेसम्म अत्यावश्यक बाहेक कुनै पनि नीजि तथा सार्वजनिक सवारीलाई समेत पुर्णरुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पान्डेले बताइन् ।

हालसम्म मुलुकभरका ४१ ओटा जिल्लामा पुर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ भने अन्य कतिपय जिल्लाका स्थानिय तहमा समेत अवस्था हेरेर आशिंकरुपम लकडाउन गरिएको छ । उपत्यकामा जारी गरिएको लकडाउनमा अत्यावश्यक बाहेक सबै प्रकारका क्रियाकलापमा रोक लगाइएको छ ।

लामो समयसम्मको लकडाउन खेपेर भर्खरैमात्र सामान्य जनजीवनमा फर्किएका आम नागरिक संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञाका कारण पुनः घरभित्रनै बस्नुपर्ने बाध्यता आइपरेको छ । लामो समय लकडाउन गरेको भन्दै बिरोध खेपेको सरकारलाई पछिल्लो समय भने लकडाउन गर्न विभिन्न क्षेत्रबाट दबाब रहदै आएको थियो ।

उपत्यकामा गरिएको लकडाउन सकारात्मक भएपनि बिना तयारी र प्रविधिहरुको विकास नगरिकन गरिएको यस्ता कफ्युले यो संक्रमण रोक्न नसक्ने धारणा जनस्वास्थ्य बिज्ञ डा.रमेश आचार्यको छ । संक्रमण बढ्दै जादा महामारि रोक्न उपत्यकामा गरिएको निषेधाज्ञा सकारात्मक भएपनि लामो समय घरभित्रनै बसेका आम नागरिक फेरि गरिएको निषेधाज्ञाले निराश बनेका छन् । एक हप्ताको समयमा गरिएको निषेधाज्ञाकै बिचमा सरकारले संक्रमण नियनत्रणका लागी उचित कदम चाल्न जरुरी छ ।

 

 

प्रतिक्रिया