मंगलबार, जेठ ८, २०८१

पछिल्लो २४ घण्टामा ६ जनाको निधन, मृतककाे संख्या १ सय २६ पुग्यो

नेपालखोज २०७७ भदौ ४ गते १६:४७

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौं र सप्तरीको एक एक जना महिला रहेका छन् भने मकावनपुरको एक पुरुष र पर्साको एक महिला एक पुरुषको निधन भएको डा. गौतमले बताएका छन् । त्यस्तै बुधबार देशभर थप ७ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रतिक्रिया