बुधबार, चैत ५, २०८१

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ भदौ ५ गते १०:५४

काठमाडौं । ललितपुरकाे पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।

Advertisement

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले विज्ञप्ती जारी गर्दै गत भदौ २ गते भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया