६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सय ४६ पुग्यो
नेपालखोज
२०७७ भदौ ६ गते १७:०१
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा ६ वर्षीया बालिकासहित ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्ये सुनसरीमा ९ वर्षिय बालिकासहित ६८ वर्षिय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बारामा ५८, सिरहामा ६८, मकवानपुरमा ५६ र भक्तपुरमा ७३ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया